पशुपन्छी पालन - माछापालन

माछापालन शुरु गर्न के के कुरामा ध्यान दिनु पर्दछ ?
  • पानीको उपलव्धता तथा गुणस्तर
  • माटोको किसिम
  • जमिनको बनौट
माछा पोखरी कत्रो साइजको बनाउनु पर्दछ ?
  • नर्सरी पोखरी : ०.०२–०.०६ हेक्टर,
  •  रियरिङ पोखरी : ०.०६–०.२ हेक्टर
  •  उत्पादन पोखरीको : ०.२–१ हेक्टर
  •  डीलको चौर्डाई ५ मिटर भन्दा कम राख्नु पर्दछ।
माछापालनको लागि पानीको गहिराइ कति हुनु पर्दछ ?

कार्प जातीका माछा पालनको लागि पानीको गहिराइ १.२ देखि १.५ मिटर हुनु पर्दछ ।

माछा पोखरीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

चिम्ट्याइलो दोमट माटो माछा पोखरीको लागि सबै भन्दा राम्रो माटो हो।

माछापालनको लागि पानीको तापक्रम कती चाहिन्छ ?

कार्प माछाहरु न्यानो पानीमा राम्ररी हुर्कन्छन । यि माछाको बृद्धिको लागि २२–३२ डिग्री सेन्टिग्रेड सम्मको पानीको तापक्रम उपयुक्त मानिन्छ । ६ महिना भन्दा कम समय यो तापक्रम उपलब्ध नहुने क्षेत्रका लागि कार्प माछा पालन त्यति फाइदाजनक हुदैन ।

पोखरीमा माछा भुरा राख्नु भन्दा अगाडी के कस्तो तयारी गर्नुपर्छ ?

पोखरी एक हप्ता सम्म राम्ररी सुकाउने।

झारपातहरु सबै उखेलेर सफा गर्ने ।

पोखरीमा १५ देखि २० के. जी. प्रति कठ्ठाको दरले चुन र्छकने।

पोखरीमा १ मिटर सम्म सफा पानी भर्ने ।

७० देखि १०० के. जी. प्रति कठ्ठाको दरले गोबर मल हाल्ने।

यसरी तयार पारेको पोखरीलाई ५ देखि ६ दिन सम्म राखे पछि भुरा स्टक गर्न सकिन्छ ।

नेपालको तर्राईमा पालनको लागि उपयुक्त माछाका जातहरु के–के हुन् ?

कार्प जातको - कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, विगहेड कार्प, रोहु, नैनी, भाकुरा ।

अन्य जातको - टिलापिया, मागुर, पंगास, आदि माछाहरु ।

पोखरीमा चुना कहिले र कति मात्रामा हाल्नु पर्दछ ?

पोखरीमा चुना छर्ने काम पानी भर्नु भन्दा करिब एक साता पहिले गर्नु बेस हुन्छ । पोखरीको माटोको पि. एच. जाँच गरेर चुनाको मात्रा निर्धारण गर्नु पर्छ । सामान्यतया एक कठ्ठाको पोखरीमा १५ किलोको दरले चुना हाल्नु पर्दछ ।

पोखरीमा मलखाद कहिले र कति मात्रामा हाल्नु पर्दछ ?

पोखरीमा भुरा छाड्नु भन्दा एक हप्ता अगावैमल राख्नु पर्दछ । हरेक हप्ता प्रति कठ्ठा ०.८ के.जी. डि ए पी, १.२ के.जी. युरिया र ६० के. जी. पाकेको गोबर मल राख्नु पर्दछ ।

कार्प माछाको लागि कस्तो दाना खुवाउनु पर्छ ?

भुरा माछा र खाने माछाको लागि क्रमशः ३० र २० प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ । ढुटो र पीना आधि–आधि मिसाउँदा लगभग २० प्रतिशत प्रोटिन भएको दाना बन्दछ । बजारमा पाइने पेलेट दाना केहि महंगो भएता पनि किफायती हुन्छ ।

ग्रासकार्प माछाले के–के घाँसहरु खान्छ ?

केराको पात, किम्बुको पात, इपिल इपिलको पात तथा अन्य कलिलो पात हुने घाँसहरु ।

पोखरीमा जङ्गली माछा मार्न के प्रयोग गर्नु पर्दछ ?

जङ्गली माछा मार्न मत्स्य विषको रुपमा आमोनियम सल्फेट १२.५ कि. ग्रा. प्रति कठ्ठा र चुना ६५.५ कि.ग्रा. प्रति कठ्ठा प्रयोग गर्नु पर्दछ ।

माछापोखरीमा कति भुरा हाल्नु पर्दछ ?

एक हेक्टरको पोखरीमा ३ देखि ४ इन्च साइजका १०,००० देखि १५,००० सम्म माछा भुरा राख्न सकिन्छ । १ कठ्ठाको पोखरीमा ३५० देखि ५०० गोटा भुराहरु राख्नु पर्दछ । भुराहरुको साइज सानो भएमा संख्या बढाउनु पर्ने हुन्छ । पोखरीमा आवश्यक भन्दा बढी भुराहरु राखेमा राम्रोसँग बढ्दैन्।

पोखरीमा भुरा छाड्ने बेलामा के के कुरामा ध्यान दिनु पर्दछ ?

पोखरमिा माछा भुरा राख्नु भन्दा पहिले पानीको तापक्रम हेर्नु पर्दछ । भुरा ल्याएको पानी र पोखरीको पानीको तापक्रम फरक छ भने पोखरीमा भुरा छाड्नु हुदैन । भुरा ल्याएको भाँडा नै पोखरीमा राखिदिनु पर्छ जबसम्म दुबै पानीको तापक्रम बराबर हुदैन । जब तापक्रम बराबर हुन्छ अनि मात्र माछा भुरा पोखरीमा छाड्नु पर्छ । तापक्रम बराबर हुन लागि कम्तिमा १०–१५ मिनेट समय लाग्छ ।माछा भुरा पोखरीको डिल माथिबाट खन्याउनु हुदैन । पोखरीको पानीमा नै बिस्तारै छाडेमा तिनीहरु आफै पौडदै पानीमा खेल्दै जान्छन्।

पोखरीमा भुरा स्टकिङ्गको जातीय अनुपात के हो ?

माछाको जात सातै जात पाल्दा (५) चाईनिज कार्प मात्र (५) स्थानीय कार्प मात्र (५)

१. कमन कार्प २५ ३५

२. सिल्भर कार्प ३५ ४५

३. विगहेड कार्प ५ १५

४. ग्रास कार्प ५ ५

५. रोहु १० ३०

६. नैनी १५ ३०

७. भाकुर ५ ४०

जम्मा १०० १०० १००

कार्प माछाको भुरा कुन सिजनमा पाइन्छ ?

फाल्गुण – चैत्रमा : कमन कार्प ।

 बैशाख, जेष्ठ र आषाढमा : ग्रास कार्प, सिल्भर कार्प र विगहेड कार्प ।

 श्रावण – भाद्रमा : रोहु, नैनी र भाकुर जातका माछाका भुराहरु मत्स्य विकास केन्द्र र निजी ह्याचरी र नर्सरीहरुमा उपलब्ध हुन्छ ।

माछा पोखरीमा मलको प्रयोग कहिले कहिले गर्नु पर्दछ ?

पानीको पारदर्शीता २०–४० से. मी. को बीचमा छ भने मलको मात्रा ठिक छ भन्ने बुझिन्छ । २० से. मी. भन्दा कम छ भने मलको मात्रा बढी भयो तथा ४० से. मी. भन्दा बढी छ भने मलको मात्रा

कम भयो भन्ने बुझिन्छ । पानीको पारदर्शीता सेची डिक्सद्धारा वा हात डुबाएर थाहा पाउन सकिन्छ ।

माछा पोखरीमा मलको प्रयोग गर्दा के के कुरामा ध्यान दिनु पर्दछ ?

घाम लागेको बेलामा बिहान पख राख्ने। आलो गोबर सकभर प्रयोग नगर्ने, कुहाएर वा कम्पोस्ट बनाएर मात्र प्रयोग गर्ने । गोबर मलको प्रयोग सदैव एकै स्थानमा गर्ने । बादल लागेको समयमा मलको प्रयोग नगर्ने । रासायनिक मलहरु पानीमा घोलेर हाल्नु उपयुक्त हुन्छ भने प्रांगारिक मललाई पोखरीको एक कुनामा पानीमा थुपार्नु पर्दछ ।

माछाको खाने बानी के ? कस्तो हुन्छ ?

जीवनको प्रारम्भिक चरणमा सबै कार्प जातका भुराहरुको खाने बानी एउटै हुन्छ अर्थात् जुप्लांकटन खाने गर्दछ ।अलि ठूलो साइजमा पुग्ने बित्तिकै तिनीहरुको खाने बानी फरक हुदै जान्छ । माछाको खाने बानी उसको बस्ने सतह, मुखको बनावट आदिमा भर पर्ने हुन्छ । सिल्भर, विगहेड, भाकुर तथा रोहु पानीको माथिल्लो भागमा भएको स–साना वनस्पती वा जीबहरू खान्छ । कमन कार्प र नैनी माछा पीँधमा पाइने किराहरु, सडेगलेका पदार्थ, हिलोमा पाइने पोषकतत्वहरु वा बाहिरबाट दिइने दाना रुचाएर खान्छ । ग्रास कार्प पानी भित्र भएको वा बाहिरबाट दिइने घाँस खान रुचाउँछ ।

माछालाई कति प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ?

माछाको उमेर अनुसार विभिन्न प्रोटीन स्तर भएका दाना दिनु पर्दछ । भुरा माछा, माउ माछा र खाने माछाको लागि क्रमशः ३०, २५ र २० प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ।

पेलेट दाना भनेको के हो ?

दाना फ्याक्ट्री वाट तयार गरिएको सुख्खा टुक्रा दानालाई पेलेट दाना भनिन्छ । यो दाना पानीमा तुरुन्त नघुल्ने हुन्छ ।

नर्सरी पोखरीको तयारी कसरी गरिन्छ ?
  • पोखरी एक हप्तासम्म राम्ररी सुकाउने।
  • झारपातहरु सबै उखेलेर सफा गर्ने ।
  • पोखरीमा १५ देखि २० के.जी. प्रति कठ्ठाको दरले चुन छर्कने।
  • पोखरीमा १ मिटरसम्म सफा पानी भर्ने ।
  • बारम्बार सोधिने प्रश्न–उत्तरहरुका संगालो द्दघछ
  • ७० देखि १०० के.जी. प्रति कठ्ठाको दरले गोबर मल हाल्ने।
  • यसरी तयार पारेको पोखरीलाई ५ देखि ६ दिनसम्म राखे पछि भुरा स्टक गर्न सकिन्छ ।
नर्सरी पोखरीमा कति भुराहरु स्टक गर्न सकिन्छ ?
  • सामान्यतया ५००००–६०००० प्रति कठ्ठाको दरमा नर्सरी पोखरीमा भुरा स्टक गर्न सकिन्छ ।
  • नर्सरी पोखरीमा एकै जातका तथा एकै साईजका भुराहरु हुर्काउन उचित हुन्छ ।
  • विभिन्न साईजको भुराहरु हुन गएमा मृत्युदर बढ्न जान्छ ।
  • साधारणतया नर्सरी पोखरीमा ४० देखि ५० प्रतिशत मृत्यु दर हुन्छ ।
माछाहरु कति समयमा विक्रि योग्य हुन्छन् ?

कार्प माछाहरु करिब ६ महिना पाले पछि विक्रीयोग्य (०.५ देखि १.० के.जी.) हुन्छ ।

छडी माछापालन भनेको के हो ?
  • भुरा माछालाई धेरै संख्यामा स्टक गरी, दाना पानी र अन्य समुचित ब्यवस्थापन गरी करिब ४०–५० ग्राम साइजको बनाउने।
  • एउटा पोखरीबाट वर्षमा ३ बालीसम्म उत्पादन लिन सकिन्छ ।
  • यसरी उत्पादन गरिएको माछालाई सिङ्गल फ्राई गरी खाजाको वा स्नाक्सको रुपमा उपभोक्ताले प्रयोग गर्दछन्।
छडी माछापालन गर्दा कति भुरा स्टक गर्नु पर्दछ ?

प्रति हेक्टर २,००,००० देखि २,५०,००० सम्म भुरा स्टक गर्नु पर्दछ ।

छडी माछा पालनको लागि कुन जातको माछा पालिन्छ ?
  • छडी माछा पालनको लागि मुख्य माछाको जात नैनी हो।
  • नैनी माछा पातलो, लामो र सलक्क परेको हुनाले लोकल माछा जस्तो देखिन्छ साथै सिङ्गल फ्राई गरेर प्लेटमासजाउँदा राम्रो देखिन्छ ।
  • यसमा भएका पातला काँडाहरु डिप फ्राई गर्दा सबै पाक्छन् र खाँदा खासै केही फाल्नु पर्दैन ।
  • पोखरीमा भएका प्राकृतिक आहाराको राम्रो सदुपयोग गर्नको लागि केही मात्रामा रोहु र अन्य जातका माछा पनि स्टक गर्नु पर्दछ ।
छडी माछालाई कस्तो दाना खुवाउनु पर्दछ ?
  • छडी माछा पालनमा राम्रो र पौष्टिक दानाको महत्व धेरै हुन्छ ।
  • २८ देखि ३० प्रतिशत प्रोटिन भएको दाना ४ देखि ६ प्रतिशत प्रति के.जी. माछाको तौलको आधारमा १०० देखि १२० दिनसम्म खुवाउँदा ५० देखि ६० ग्रामको माछा तयारी हुन्छ ।
  • दाना दिनको २ पटक उहि स्थान र उहि समयमा दिनु राम्रो हुन्छ ।
  • दानाको मात्रा शुरुका दिनमा ६ प्रतिशतबाट शुरु गरी अन्तमा ४ प्रतिशतमा घटाउन सकिन्छ ।
छडी माछाको उत्पादन कति हुन्छ ?

राम्रो व्यवस्थापन गर्न सकेमा एक बालीमा (१००–१२० दिन) प्रति हेक्टर ६ टनसम्म छडी माछा उत्पादन लिन सकिन्छ ।

पंगास माछा कस्तो माछा हो ?
  • पंगास माछाको शरिरमा कम काँडा भएको र व्यावसायिक रुपमा धेरै उत्पादन दिने माछा हो।
  • यसले हावाबाट पनि अक्सिजन लिन सक्ने हुनाले पोखरीमा धेरै संख्यामा स्टक गर्न सकिन्छ । यो माछा सर्वहारी स्वभावको हुन्छ ।
  • व्यवसायिक पालनमा यस माछाको मुख्य आहारा नै पेलेट दाना हो।
  • नेपालमा यो माछाको उत्पादन ३० देखि ७० टन प्रति हेक्टर प्रति वर्षसम्म उत्पादन भएको छ ।
  • यो जातको माछाको स्टकिङ्ग ३ देखी १५ गोटा प्रति वर्ग मिटरका दरले पोखरीको व्यवस्थापन अनुसार पालनकोलागि २ देखी ३ इन्च साइजको भुरा राख्न सकिन्छ ।
पंगास माछाको भुरा कहाँ उपलब्ध हुन्छ ?
  • यो जातको भुरा नेपालको सरकारी एवं निजी मत्स्य ह्याचरीबाट उत्पादन र वितरण सुरु हुन सकेको छैन ।
  • हालै मात्र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा र मत्स्य बिकास केन्द्र भण्डारामा यसको सफल प्रजनन् भएतापनि भुराको बाच्ने दर निकै कम पाइएको ले गर्दा थप अनुसन्धान जारी छ ।
  • यसको भुरा भारतको कोलकत्ताको निजी पंगास हृयाचरीबाट ३–४ दिन लगाएर ल्याइन्छ ।
पंगास माछालाई के दाना खुवावउनु पर्दछ ?
  • पोखरीमा पालन गर्दा पंगास माछाको प्रमुख आहारा भनेको पेलेट दाना हो।
  • यो माछाले धानको ढुटो, पिना, चोकर, पिठो आदि पनि खान्छ ।
  • छिटो छिटो बढाउनका लागि दाना मेसिनबाट तयार पारिएको २५ देखि ३० प्रतिशत क्रुड प्रोटिनयुक्त पेलेट दाना खुवाउनु उपयुक्त हुन्छ ।
  • दाना माछाको तौलको २–३ प्रतिशतको दरको आधारमा दैनिक रुपले दिनु पर्दछ ।
पंगास माछा कति समयमा विक्रि योग्य हुन्छ ?

सामान्यतया ७ देखि ९ महिनाको अवधिमा विक्री योग्य साइज (१–१.५ केजी) को हुन्छ ।

टिलापिया कस्तो माछा हो ?

कार्प जातिको भन्दा छुट्टै जातीको, भित्री काँडा कम हुने स्वादिलो खालको माछा हो।

टिलापिया माछाको पालन प्रविधि के हो ?

हाल यस माछाको एकलिङ्गयि भाले पालन प्रविधिको प्रचलन छ । यस माछालाई प्रति वर्ग मिटर पोखरीमा २ देखि ३ गोटाको दरले स्टक गरि कार्प माछा जसरीनै पालन गर्न सकिन्छ ।

एकलिंगिय भाले टिलापिया माछाको भुरा कहाँबाट पाउन सकिन्छ ?

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको मत्स्य बिज्ञान विभाग । सेन्टर फर एक्वाकल्चर रिसर्च एण्ड प्रोडक्सन फार्म, कठार, चितवन ।

माछा साथ बंगुर पालन गर्दा के फाइदा हुन्छ ?
  • पोखरीको डीलमा खोर बनाएर बंगुर पालन गर्दा बंगुरको मल त्यसै खेर नगई पोखरीको उत्पादन बढाउनुकासाथै वातावरणलाई दुषित हुनबाट बचाउँछ । 
  • बंगुरलाई दिएको दानाको करिब ३० प्रतिशत भाग नपचेको हुन्छ जसले माछाको लागि राम्रो आहाराको कामगर्दछ ।
  • एउटा बंगुरले ६ महिनामा २५० किलोसम्म मल दिन्छ साथै सोही अवधिमा ६० किलो मासु दिन्छ । एककठ्ठाको पोखरीको लागि एउटा वंगुरको मल प्रयाप्त हुन्छ ।
माछा साथ हाँस पालन गर्दा के फाइदा हुन्छ ?
  • हाँसको विकास पानी भएको ठाउँमा राम्ररी हुने गर्दछ ।
  • हाँसले पानीमा भएका किरा फटेङग्रा, ठूलो वनस्पती, भ्यागुता तथा भ्यागुताको बच्चा, घोंघी तथा स–सानाजंगली माछाहरु खाई दिन्छ ।
  • हाँसको मलमुत्र तथा खेर जाने दानाले पोखरीलाई अधिक उत्पादनशील बनाउँदछ ।
  • हाँस पानीमा तैरिदा पानीमा अक्सिजन घोल्ने एरेटरको काम गर्नुका साथै पोखरीको सुन्दरतालाई समेतबढाउँछ ।
माछा पोखरीको लागि कुन जातको हाँस उपयुक्त हुन्छ ?
  • हाँस पालन गर्दा विकासे जातका हाँस पाल्नु उचित हुन्छ ।
  • नेपालमा पेकिङ्ग (सेतो), हङ्गकङ्ग क्रस (खैरो तथा टाटेपाटे) एवं खाकी क्याम्पवेल (खाकी) जातका विकासे हाँसपाइन्छन्।
  • यी जातहरु मासु तथा अण्डा दुबैको लागि उपयुक्त छन्।
  • १ कठ्ठा जलाशयका लागि १५–२० गोटा हाँस पाल्नु उपयुक्त हुन्छ ।
के पोखरीको डिलमा फलफूल खेति गर्न सकिन्छ ?
  • पोखरीको डीलको पूर्ण सदुपयोग गर्न डीलमा फलफुल, तरकारी वा घाँस खेती गर्न सकिन्छ ।
  • फलफुल खेती गर्दा झांगीने खालका ठूलो रुख हुने फलफुल लगाउनु हुदैन अन्यथा पोखरीमा प्रकाशकोप्रवेशलाई अवरुद्ध गर्दछ ।
  • केरा, मेवा, नरिवल, सुपारी, भुईकटहर जस्ता फलहरु डीलमा लगाउन उपयुक्त हुन्छ ।
के पोखरीको डिलमा तरकारी खेति गर्न सकिन्छ ?
  • तरकारीमा बढी पात हुने तथा पानी जम्न नहुने खालका तरकारी खेती गर्नु बढी फइदाजनक हुन्छ ।
  • बन्दा, काउली, गोलभेंडा, भेण्टा, करेला, भिण्डी, खुर्सानी तथा अन्य सागहरु उपयुक्त हुन्छन ।
  • यीनको विक्रीबाट प्राप्त हुने लाभको अलवा कुहिएका फल तथा पात माछाको लागि लाभदायक हुन्छन्।
  • लहरे तरकारी खेती डील छेउमा पनि लगाउन सकिन्छ ।
माछा पोखरीमा हुनसक्ने समस्याहरु के–के हुन् ?
  • पानीको गुणस्तर ब्रिनु।
  • अक्सिजनको कमी हुनु।
  • माछामा रोग तथा परजिविहरु लाग्नु।
माछा पोखरीमा अक्सिजनको कमी कसरी हुन्छ ?

दिनभर वादल लागेमा, पोखरीमा बढि संख्यामा माछा स्टक गरेमा रगोबर मल बढि प्रयोग गरीएमा पोखरीमाअक्सिजनको मात्रा कमि हुन्छ ।

माछापोखरीमा अक्सिजनको कमीका लक्षणहरु के–के हुन् ?
  • पोखरीमा पानी हाल्ने ठाउँको नजीक माछाहरु जम्मा भएका हुन्छन् तथा केही माछाहरु मरेको देखिन सक्छ ।
  • विहान घाम उदाउनु अघि पोखरीका माछा पानीको सतहमा आई प्याक प्याक गरेको देखिन्छ ।
पोखरीमा अक्सिजनको कमी भएमा के गर्नु पर्दछ ?
  • पोखरीमा बाहिरबाट तत्काल पानी थपि दिने
  • पम्पिङ्ग सेट लगाएर पानी तानी फोहोरा बनाई सोही पोखरीमा खसाल्ने।
  • पानी नधमिलिने गरी पोखरीमा मानिस पसेर पानी चलाउने वा पौडी खेल्ने।
  • एरिएटरको प्रयोग गर्ने ।
  • अक्सिमार ट्याबलेटहरुको प्रयोग गर्ने ।
  • अपरान्ह घाम लागि सकेपछि जाल हाली बढी माछा निकाल्ने।
पोखरीको पानी धेरै हरियो के कारणले हुन्छ ?
  • पोखरीमा मलखादको मात्रा धेरै भयो भने पानी धेरै हरियो हुन्छ ।
  • पानी धेरै हरियो भएमा अक्सिजनको कमिले माछा मर्ने सम्भावना हुन्छ ।
  • सफा पानी थप्ने वा मलखाद राख्न बन्द गरेमा बढि हरियोपना हराएर जान्छ ।
पोखरीको पानी धेरै सङ्गलो के कारणले हुन्छ ?

पोखरीमा मलको मात्रा कमि भएमा पानी सङ्लो हुन्छ ।

के कमन कार्प माछाको भुरा पोखरीमा उत्पादन गर्न सकिन्छ ?

फागुन र चैत्र महिनामा नयाँ पोखरीमा सफा पानी राखी केही घाँस र झारहरु राखेर वयस्क भाले पोथी माछालाईछोडेमा माछाले अण्डा दिन्छ ।

माछाका रोगका लक्षणहरु के के हुन् ?
  • राम्रोसँग हिडडुल गर्न नसक्नु।
  • पानीको सतहमा आउनु र प्याक प्याक गर्नु।
  • जीउ भित्तामा घस्रनु वा उफ्रीरहनु।
  • पेट फुल्नु।
  • शरीरको विभिन्न भागमा घाउ हुनु।
माछामा रोग लाग्न नदिन के के उपायहरु अपनाउनु पर्दछ ?
  • प्राविधिकको सल्लाह बमोजिम पोखरी तैयार गर्ने ।
  • सिफारिस गरिएको संख्यामा मात्र माछा भुरा राख्ने।
  • पानीको गुणस्तर नियन्त्रण गर्ने ।
  • उपयुक्त मात्रामा मात्र मलजलको प्रयोग गर्ने ।
  • ताजा दाना आवश्यक मात्रामा उचित तरिकाले मात्र प्रयोग गर्ने ।
  • पानीको गहिर्राई कायम राख्ने तथा समय समयमा सफा पानी थप्ने।
माछामा लाग्ने मुख्य मुख्य रोगहरु के–के हुन् ?
  • इ.यु.एस.,
  • सेप्रोलेग्नीया,
  • सेतो थोप्ले रोग,
  • ट्राइकोडिना,
  • माछाको जुम्रा आदि ।
माछाको शरीरमा घाउहरु के कारणले देखिन्छ ?

माछामा इ.यु.एस., अल्सर वा जुम्राको प्रकोपले शरिरमा घाउहरु हुन्छ ।

माछाले दाना राम्रो सँग खाएको छैन, के कारणले होला ?
  • पोखरीमा अक्सिजनको कमि भएमा ।
  • माछा रोगी भएमा ।
इ.यु.एस. भनेको कस्तो रोग हो ?
  • यो ढुसिजन्य रोग हो।
  • सुरुमा शरीरमा रातो रातो थोप्ला देखिन्छ ।
  • सो ठाँउमा कत्ला र्झन गई खाल्टो भएको घाउ देखिन्छ ।
  • ढाड र पुच्छरको नजिक भागमा घाउहरु देखिन्छन्।
  • जाडोको समयमा स्थानीय जातका माछामा यो रोग बढी लाग्दछ ।
  • विकासे कार्प माछा मध्ये रोहु, नैनी र भाकुरामा मात्र यो रोग लाग्ने गरेको पाइएको छ ।
इ.यु.एस. रोगको नियन्त्रण कसरी गर्ने ?
  • घर, पोत्ने चुना १५ के.जी. प्रति कठ्ठाको दरले हाल्ने, रोगको प्रकोप हेरी १ हप्ताको अन्तरालमा बढीमा तिनपटक चून प्रयोग गर्ने ।
  • पानीको प्रवेशद्वारमा जाली राख्ने र जंगली माछा सबै हटाउने।
  • सामान्यतया कमन, सिल्भर, विगहेड र ग्रासकार्पमा यो रोगको प्रकोप नदेखिएकोले अनुपातमा यी जातकोसंख्या बढी राख्ने।
  • माछा मार्ने जाललाई प्रयोग गरिसकेपछि राम्ररी सुकाएर मात्र पुनः प्रयोग गर्ने ।
सेप्रोलेग्नीया रोगको मुख्य लक्षण के हो ?

माछाको शरिरको विभिन्न भागमा कपास जस्तो ढुसी देखा पर्ने ।

सेप्रोलेग्नीया रोग लागेमा के उपचार हुन्छ ?
  • पोखरीलाई चुन वा कपर सल्फेट प्रयोग गरि सक्रमण रहित बनाउने।
  • रोग लागेको माछालाई १ पि. पि. एम. को दरमा मालाकाइट ग्रिनको झोलमा १०–१५ मिनेटसम्म राख्ने।
  • माछाहरुलाई चलाएपछि २–३ प्रतिशतको नुनको झोलमा २–३ मिनेट डुबाएर मात्र पोखरीमा राख्ने। स्पाउनिङ र इन्कुवेसन टैंकहरु नुनपानीले राम्रोसँग सफा गर्ने ।
माछाको जुम्रा नियन्त्रण कसरी गर्ने ?
  • २ प्रतिशतको नुन पानीको झोलमा ५–१० मिनेट डुबाउने ।
  • ट्राईक्लोफेन÷डिप्टेरेक्स ०.२५ पि. पि. एम. प्रयोग गर्ने ।
माछाको रोग विरुद्धको खोप नेपालमा उपलब्ध छ ?

माछाको रोग विरुद्धको खोप नेपालमा उपलब्ध छैन्।

रेन्बो ट्राउट कस्तो माछा हो ?
  • सफा, चिसो र धेरै अक्सिजन भएको निरन्तर बगिरहने पानीमा हुर्कने स्वादिलो माछा हो।
  • यो नेपालमा पालिने सबैभन्दा महंगो माछा हो।
ट्राउट माछा पालनको लागि कस्तो वातावरण चाहिन्छ ?
  • ट्राउट माछा बाच्न, हुर्कन र परिपक्व हुन सफा, चिसो र प्राणवायू (अक्सिजन) प्रयाप्त भएको पानी हुनु पर्दछ ।
  • ट्राउट माछाको राम्रो बृद्धिको लागि १४ देखि २० डिग्रि सेल्सियस तापक्रम चाहिन्छ भने सबै भन्दा उपयुक्तबृद्धिको लागि १६ देखि १८ डिग्रि सेल्सियस तापक्रम चाहिन्छ ।
  • राम्रोसँग भुरा पार्न र भुरा निस्कनको लागि ९ देखि १४ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ ।
  • यो माछा हुर्कन, पानीको तापक्रम सकभर एकनास भएमा राम्रो हुन्छ ।
  • रेन्बो ट्राउट माछा खानको लागि मात्र उत्पादन गर्ने हो भने पानीको तापक्रम १४ डिग्री सेन्टिग्रेड भन्दा माथिर २० डिग्रि सेन्टिग्रेड भन्दा तल भएमा राम्रो उत्पादन गर्न सकिन्छ ।
  • एक बर्षमा ४–५ महिना पानीको सरदर तापक्रम १० डिग्री सेन्टिग्रेड भन्दा कम चिसो हुने स्थानमा यो माछाढिलो बढ्छ र व्यावसायिक रुपमा ट्राउट माछा पालन गर्न फाईदाजनक हुदैन।
कस्तो ठाउँमा रेसवे निर्माण गर्न सकिन्छ ?
  • रेसवे निर्माण गर्नको लागि छनोट गरेको ठाउँमा पानीको उपलव्धता, गुणस्तर र जमिनको बनौटमा विशेषध्यान पु‍¥याउनु पर्ने हुन्छ ।
  • कान्ला, कान्ला परेको जमिन वा हल्का भिरालो जमीन रेसवे निर्माणको लागि राम्रो मानिन्छ ।
  • उपलव्ध पानीको बहाव र जमिनको बनौट अनुसार नापजाँच गरी दुई प्रकारका रेसवे (रेखात्मक र समानान्तर)निर्माण गर्न सकिन्छ ।
रेसवे पोखरीको साईज कस्तो हुनु पर्दछ ?
  • सानो भुरा हुर्काउने रेसवे पोखरीको क्षेत्रफल १०–१५ वर्ग मिटर ।
  • बिक्री योग्य माछा राख्ने पोखरीको साईज ५०–१५० बर्ग मिटरको बनाउनु उपयुक्त हुन्छ ।
  • पोखरीको गहिर्राई ८०–९० सेन्टिमिटर भए पानीको प्रवाह कायम गर्न र दैनिक व्यवस्थापन गर्न सजिलो हुन्छ ।
  • माछाको घनत्व बढ्दै गएपछि अर्को पोखरीमा सार्दै जानु पर्दछ ।
ट्राउट माछाको लागि भुराको साईज कस्तो हुनु पर्दछ ?
  • २०० देखि ३०० ग्रामसम्म साईजका ट्राउट माछा विक्री योग्य मानिन्छ ।
  • यसको लागि ५ ग्राम साईजका ७५–१०० गोटा माछा भुरा प्रति वर्ग मिटर स्टक गरेर १० महिनामा १०–१५केजी प्रति बर्ग मिटर उत्पादन लिन सकिन्छ ।
ट्राउट माछाको लागि कस्तो दाना खुवाउनु पर्छ ?
  • उत्पादनको लागि ३५ प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ।
  • माछाको विकासको क्रममा बिभिन्न अवस्थामा आवश्यक पर्ने पोषक तत्वहरुको मात्रा पनि फरक फरक हुन्छ ।
  • भुरा अवस्थामा ५० प्रतिशत प्रोटिन आवश्यक पर्दछ भने हुर्कौला (फिङ्गरलिङ्ग) को लागि ४७ प्रतिशत र ठूलो माछाको लागि ४०–४५ प्रतिशत प्रोटिन आवश्यक पर्दछ ।
ट्राउट माछाको उत्पादकत्व कती छ ?
  • नेपालमा उपलब्ध प्रविधिको प्रयोगबाट प्रति बर्ग मिटर जलाशयबाट १० देखि १५ के.जी. रेन्बोट्राउट माछाउत्पादन भईरहेको छ ।
  • दक्ष ट्राउट पालकले प्रति मिनेट १ मे. टन पानी बग्ने पोखरीबाट १५०–२०० मे. टन माछा प्रति हेक्टर उत्पादन गर्न सक्दछन्।
के ट्राउट माछाको ग्रेडिङ्ग गर्नु पर्छ ?
  • ठूलो र सानो साइजको माछालाई ग्रेडरद्वारा छुट्याउने प्रकियालाई ग्रेडिङ्ग भनिन्छ ।
  • रेन्वो ट्राउट एउटा मांसाहारी माछा भएको हुनाले एक अर्कालाई ठुंग्ने र मुखको साइज मिलेमा खाईदिने समेतगर्ने हुँदा माछा भुराको ग्रेडिङ्ग गर्नु अति आवश्यक हुन्छ ।
  • यो माछाले खान नपाएको अवस्थामा आफ्नै साथीहरु खाने हुँदा यो माछालाई भोको अवस्थामा राख्नु हुदैन ।
  • ठूलो र सानो भुरा ससाना स्कुप नेट, माछा चाल्नीको प्रयोगले छुट्याउन सकिन्छ ।
ट्राउट माछालाई दाना दिने तरिका के हो ?
  • दाना प्राय हातैले दिईन्छ ।
  • दाना खाएको नखाएको हेरेर दाना दिनु पर्दछ ।
  • दाना दिंदा माछा राखेको ट्यांकीको चारैतिर बराबर छरेर दिनु पर्दछ जस्ले गर्दा सबै माछाले दाना खानपाउँछन् र सबैको एकनासले वृद्धि बिकास हुन्छ ।
  • भुरा तथा हुर्काउला माछाको वृद्धि जांच हरेक पन्ध्र दिनमा गर्नु पर्दछ ।
  • माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ ।
  • माछाको मुखको साईजलाई दृष्टिगत गरी मिल्दो साईजको दाना ख्वाउनु पर्दछ ।
नेपालमा पालनको लागि संभाव्यता भएका स्थानिय माछाको जातहरु के–के हुन् ?

सहर, कत्ले, असला, गर्दी, हाडे, मांगुर, सिघी आदि जातका स्थानीय माछाहरु पालनको लागि सम्भाव्यता छ ।

के माछापालनको बिमा हुन्छ ?

हुन्छ, माछा बिमा गर्दा बिमा कम्पनिलाई तिनुपर्ने प्रिमियममा ७५ प्रतिशत सरकारबाट सिधैँ कृषकले अनुदानपाउँदछन् ।

भेडाको लागि कस्तो खोर बनाउन पर्छ होला ?

जमीनबाट करिब १ मिटर उँचाईमा टाड बनाउनु पर्दछ र टाडबाट मलमुत्र सजिलै जमीनमा खस्न सकोस र खुट्टा पनि नछिरोस् भनि आधा इन्चको फरकमा काठ वा बांस ठोक्नु पर्दछ ।

वयस्क अष्ट्रिचको छाला कति मूल्यमा बिक्री हुन्छ ?

नेपालका अष्ट्रिच पालकहरुले एक वयस्क अष्ट्रिचको छाला रु. ३०,०००।०० सम्ममा बिक्री गरेको पाईन्छ ।