पशुपन्छी पालन - माछापालन
- पानीको उपलव्धता तथा गुणस्तर
- माटोको किसिम
- जमिनको बनौट
- नर्सरी पोखरी : ०.०२–०.०६ हेक्टर,
- रियरिङ पोखरी : ०.०६–०.२ हेक्टर
- उत्पादन पोखरीको : ०.२–१ हेक्टर
- डीलको चौर्डाई ५ मिटर भन्दा कम राख्नु पर्दछ।
कार्प जातीका माछा पालनको लागि पानीको गहिराइ १.२ देखि १.५ मिटर हुनु पर्दछ ।
चिम्ट्याइलो दोमट माटो माछा पोखरीको लागि सबै भन्दा राम्रो माटो हो।
कार्प माछाहरु न्यानो पानीमा राम्ररी हुर्कन्छन । यि माछाको बृद्धिको लागि २२–३२ डिग्री सेन्टिग्रेड सम्मको पानीको तापक्रम उपयुक्त मानिन्छ । ६ महिना भन्दा कम समय यो तापक्रम उपलब्ध नहुने क्षेत्रका लागि कार्प माछा पालन त्यति फाइदाजनक हुदैन ।
पोखरी एक हप्ता सम्म राम्ररी सुकाउने।
झारपातहरु सबै उखेलेर सफा गर्ने ।
पोखरीमा १५ देखि २० के. जी. प्रति कठ्ठाको दरले चुन र्छकने।
पोखरीमा १ मिटर सम्म सफा पानी भर्ने ।
७० देखि १०० के. जी. प्रति कठ्ठाको दरले गोबर मल हाल्ने।
यसरी तयार पारेको पोखरीलाई ५ देखि ६ दिन सम्म राखे पछि भुरा स्टक गर्न सकिन्छ ।
कार्प जातको - कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, विगहेड कार्प, रोहु, नैनी, भाकुरा ।
अन्य जातको - टिलापिया, मागुर, पंगास, आदि माछाहरु ।
पोखरीमा चुना छर्ने काम पानी भर्नु भन्दा करिब एक साता पहिले गर्नु बेस हुन्छ । पोखरीको माटोको पि. एच. जाँच गरेर चुनाको मात्रा निर्धारण गर्नु पर्छ । सामान्यतया एक कठ्ठाको पोखरीमा १५ किलोको दरले चुना हाल्नु पर्दछ ।
पोखरीमा भुरा छाड्नु भन्दा एक हप्ता अगावैमल राख्नु पर्दछ । हरेक हप्ता प्रति कठ्ठा ०.८ के.जी. डि ए पी, १.२ के.जी. युरिया र ६० के. जी. पाकेको गोबर मल राख्नु पर्दछ ।
भुरा माछा र खाने माछाको लागि क्रमशः ३० र २० प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ । ढुटो र पीना आधि–आधि मिसाउँदा लगभग २० प्रतिशत प्रोटिन भएको दाना बन्दछ । बजारमा पाइने पेलेट दाना केहि महंगो भएता पनि किफायती हुन्छ ।
केराको पात, किम्बुको पात, इपिल इपिलको पात तथा अन्य कलिलो पात हुने घाँसहरु ।
जङ्गली माछा मार्न मत्स्य विषको रुपमा आमोनियम सल्फेट १२.५ कि. ग्रा. प्रति कठ्ठा र चुना ६५.५ कि.ग्रा. प्रति कठ्ठा प्रयोग गर्नु पर्दछ ।
एक हेक्टरको पोखरीमा ३ देखि ४ इन्च साइजका १०,००० देखि १५,००० सम्म माछा भुरा राख्न सकिन्छ । १ कठ्ठाको पोखरीमा ३५० देखि ५०० गोटा भुराहरु राख्नु पर्दछ । भुराहरुको साइज सानो भएमा संख्या बढाउनु पर्ने हुन्छ । पोखरीमा आवश्यक भन्दा बढी भुराहरु राखेमा राम्रोसँग बढ्दैन्।
पोखरमिा माछा भुरा राख्नु भन्दा पहिले पानीको तापक्रम हेर्नु पर्दछ । भुरा ल्याएको पानी र पोखरीको पानीको तापक्रम फरक छ भने पोखरीमा भुरा छाड्नु हुदैन । भुरा ल्याएको भाँडा नै पोखरीमा राखिदिनु पर्छ जबसम्म दुबै पानीको तापक्रम बराबर हुदैन । जब तापक्रम बराबर हुन्छ अनि मात्र माछा भुरा पोखरीमा छाड्नु पर्छ । तापक्रम बराबर हुन लागि कम्तिमा १०–१५ मिनेट समय लाग्छ ।माछा भुरा पोखरीको डिल माथिबाट खन्याउनु हुदैन । पोखरीको पानीमा नै बिस्तारै छाडेमा तिनीहरु आफै पौडदै पानीमा खेल्दै जान्छन्।
माछाको जात सातै जात पाल्दा (५) चाईनिज कार्प मात्र (५) स्थानीय कार्प मात्र (५)
१. कमन कार्प २५ ३५
२. सिल्भर कार्प ३५ ४५
३. विगहेड कार्प ५ १५
४. ग्रास कार्प ५ ५
५. रोहु १० ३०
६. नैनी १५ ३०
७. भाकुर ५ ४०
जम्मा १०० १०० १००
फाल्गुण – चैत्रमा : कमन कार्प ।
बैशाख, जेष्ठ र आषाढमा : ग्रास कार्प, सिल्भर कार्प र विगहेड कार्प ।
श्रावण – भाद्रमा : रोहु, नैनी र भाकुर जातका माछाका भुराहरु मत्स्य विकास केन्द्र र निजी ह्याचरी र नर्सरीहरुमा उपलब्ध हुन्छ ।
पानीको पारदर्शीता २०–४० से. मी. को बीचमा छ भने मलको मात्रा ठिक छ भन्ने बुझिन्छ । २० से. मी. भन्दा कम छ भने मलको मात्रा बढी भयो तथा ४० से. मी. भन्दा बढी छ भने मलको मात्रा
कम भयो भन्ने बुझिन्छ । पानीको पारदर्शीता सेची डिक्सद्धारा वा हात डुबाएर थाहा पाउन सकिन्छ ।
घाम लागेको बेलामा बिहान पख राख्ने। आलो गोबर सकभर प्रयोग नगर्ने, कुहाएर वा कम्पोस्ट बनाएर मात्र प्रयोग गर्ने । गोबर मलको प्रयोग सदैव एकै स्थानमा गर्ने । बादल लागेको समयमा मलको प्रयोग नगर्ने । रासायनिक मलहरु पानीमा घोलेर हाल्नु उपयुक्त हुन्छ भने प्रांगारिक मललाई पोखरीको एक कुनामा पानीमा थुपार्नु पर्दछ ।
जीवनको प्रारम्भिक चरणमा सबै कार्प जातका भुराहरुको खाने बानी एउटै हुन्छ अर्थात् जुप्लांकटन खाने गर्दछ ।अलि ठूलो साइजमा पुग्ने बित्तिकै तिनीहरुको खाने बानी फरक हुदै जान्छ । माछाको खाने बानी उसको बस्ने सतह, मुखको बनावट आदिमा भर पर्ने हुन्छ । सिल्भर, विगहेड, भाकुर तथा रोहु पानीको माथिल्लो भागमा भएको स–साना वनस्पती वा जीबहरू खान्छ । कमन कार्प र नैनी माछा पीँधमा पाइने किराहरु, सडेगलेका पदार्थ, हिलोमा पाइने पोषकतत्वहरु वा बाहिरबाट दिइने दाना रुचाएर खान्छ । ग्रास कार्प पानी भित्र भएको वा बाहिरबाट दिइने घाँस खान रुचाउँछ ।
माछाको उमेर अनुसार विभिन्न प्रोटीन स्तर भएका दाना दिनु पर्दछ । भुरा माछा, माउ माछा र खाने माछाको लागि क्रमशः ३०, २५ र २० प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ।
दाना फ्याक्ट्री वाट तयार गरिएको सुख्खा टुक्रा दानालाई पेलेट दाना भनिन्छ । यो दाना पानीमा तुरुन्त नघुल्ने हुन्छ ।
- पोखरी एक हप्तासम्म राम्ररी सुकाउने।
- झारपातहरु सबै उखेलेर सफा गर्ने ।
- पोखरीमा १५ देखि २० के.जी. प्रति कठ्ठाको दरले चुन छर्कने।
- पोखरीमा १ मिटरसम्म सफा पानी भर्ने ।
- बारम्बार सोधिने प्रश्न–उत्तरहरुका संगालो द्दघछ
- ७० देखि १०० के.जी. प्रति कठ्ठाको दरले गोबर मल हाल्ने।
- यसरी तयार पारेको पोखरीलाई ५ देखि ६ दिनसम्म राखे पछि भुरा स्टक गर्न सकिन्छ ।
- सामान्यतया ५००००–६०००० प्रति कठ्ठाको दरमा नर्सरी पोखरीमा भुरा स्टक गर्न सकिन्छ ।
- नर्सरी पोखरीमा एकै जातका तथा एकै साईजका भुराहरु हुर्काउन उचित हुन्छ ।
- विभिन्न साईजको भुराहरु हुन गएमा मृत्युदर बढ्न जान्छ ।
- साधारणतया नर्सरी पोखरीमा ४० देखि ५० प्रतिशत मृत्यु दर हुन्छ ।
कार्प माछाहरु करिब ६ महिना पाले पछि विक्रीयोग्य (०.५ देखि १.० के.जी.) हुन्छ ।
- भुरा माछालाई धेरै संख्यामा स्टक गरी, दाना पानी र अन्य समुचित ब्यवस्थापन गरी करिब ४०–५० ग्राम साइजको बनाउने।
- एउटा पोखरीबाट वर्षमा ३ बालीसम्म उत्पादन लिन सकिन्छ ।
- यसरी उत्पादन गरिएको माछालाई सिङ्गल फ्राई गरी खाजाको वा स्नाक्सको रुपमा उपभोक्ताले प्रयोग गर्दछन्।
प्रति हेक्टर २,००,००० देखि २,५०,००० सम्म भुरा स्टक गर्नु पर्दछ ।
- छडी माछा पालनको लागि मुख्य माछाको जात नैनी हो।
- नैनी माछा पातलो, लामो र सलक्क परेको हुनाले लोकल माछा जस्तो देखिन्छ साथै सिङ्गल फ्राई गरेर प्लेटमासजाउँदा राम्रो देखिन्छ ।
- यसमा भएका पातला काँडाहरु डिप फ्राई गर्दा सबै पाक्छन् र खाँदा खासै केही फाल्नु पर्दैन ।
- पोखरीमा भएका प्राकृतिक आहाराको राम्रो सदुपयोग गर्नको लागि केही मात्रामा रोहु र अन्य जातका माछा पनि स्टक गर्नु पर्दछ ।
- छडी माछा पालनमा राम्रो र पौष्टिक दानाको महत्व धेरै हुन्छ ।
- २८ देखि ३० प्रतिशत प्रोटिन भएको दाना ४ देखि ६ प्रतिशत प्रति के.जी. माछाको तौलको आधारमा १०० देखि १२० दिनसम्म खुवाउँदा ५० देखि ६० ग्रामको माछा तयारी हुन्छ ।
- दाना दिनको २ पटक उहि स्थान र उहि समयमा दिनु राम्रो हुन्छ ।
- दानाको मात्रा शुरुका दिनमा ६ प्रतिशतबाट शुरु गरी अन्तमा ४ प्रतिशतमा घटाउन सकिन्छ ।
राम्रो व्यवस्थापन गर्न सकेमा एक बालीमा (१००–१२० दिन) प्रति हेक्टर ६ टनसम्म छडी माछा उत्पादन लिन सकिन्छ ।
- पंगास माछाको शरिरमा कम काँडा भएको र व्यावसायिक रुपमा धेरै उत्पादन दिने माछा हो।
- यसले हावाबाट पनि अक्सिजन लिन सक्ने हुनाले पोखरीमा धेरै संख्यामा स्टक गर्न सकिन्छ । यो माछा सर्वहारी स्वभावको हुन्छ ।
- व्यवसायिक पालनमा यस माछाको मुख्य आहारा नै पेलेट दाना हो।
- नेपालमा यो माछाको उत्पादन ३० देखि ७० टन प्रति हेक्टर प्रति वर्षसम्म उत्पादन भएको छ ।
- यो जातको माछाको स्टकिङ्ग ३ देखी १५ गोटा प्रति वर्ग मिटरका दरले पोखरीको व्यवस्थापन अनुसार पालनकोलागि २ देखी ३ इन्च साइजको भुरा राख्न सकिन्छ ।
- यो जातको भुरा नेपालको सरकारी एवं निजी मत्स्य ह्याचरीबाट उत्पादन र वितरण सुरु हुन सकेको छैन ।
- हालै मात्र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा र मत्स्य बिकास केन्द्र भण्डारामा यसको सफल प्रजनन् भएतापनि भुराको बाच्ने दर निकै कम पाइएको ले गर्दा थप अनुसन्धान जारी छ ।
- यसको भुरा भारतको कोलकत्ताको निजी पंगास हृयाचरीबाट ३–४ दिन लगाएर ल्याइन्छ ।
- पोखरीमा पालन गर्दा पंगास माछाको प्रमुख आहारा भनेको पेलेट दाना हो।
- यो माछाले धानको ढुटो, पिना, चोकर, पिठो आदि पनि खान्छ ।
- छिटो छिटो बढाउनका लागि दाना मेसिनबाट तयार पारिएको २५ देखि ३० प्रतिशत क्रुड प्रोटिनयुक्त पेलेट दाना खुवाउनु उपयुक्त हुन्छ ।
- दाना माछाको तौलको २–३ प्रतिशतको दरको आधारमा दैनिक रुपले दिनु पर्दछ ।
सामान्यतया ७ देखि ९ महिनाको अवधिमा विक्री योग्य साइज (१–१.५ केजी) को हुन्छ ।
कार्प जातिको भन्दा छुट्टै जातीको, भित्री काँडा कम हुने स्वादिलो खालको माछा हो।
हाल यस माछाको एकलिङ्गयि भाले पालन प्रविधिको प्रचलन छ । यस माछालाई प्रति वर्ग मिटर पोखरीमा २ देखि ३ गोटाको दरले स्टक गरि कार्प माछा जसरीनै पालन गर्न सकिन्छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको मत्स्य बिज्ञान विभाग । सेन्टर फर एक्वाकल्चर रिसर्च एण्ड प्रोडक्सन फार्म, कठार, चितवन ।
- पोखरीको डीलमा खोर बनाएर बंगुर पालन गर्दा बंगुरको मल त्यसै खेर नगई पोखरीको उत्पादन बढाउनुकासाथै वातावरणलाई दुषित हुनबाट बचाउँछ ।
- बंगुरलाई दिएको दानाको करिब ३० प्रतिशत भाग नपचेको हुन्छ जसले माछाको लागि राम्रो आहाराको कामगर्दछ ।
- एउटा बंगुरले ६ महिनामा २५० किलोसम्म मल दिन्छ साथै सोही अवधिमा ६० किलो मासु दिन्छ । एककठ्ठाको पोखरीको लागि एउटा वंगुरको मल प्रयाप्त हुन्छ ।
- हाँसको विकास पानी भएको ठाउँमा राम्ररी हुने गर्दछ ।
- हाँसले पानीमा भएका किरा फटेङग्रा, ठूलो वनस्पती, भ्यागुता तथा भ्यागुताको बच्चा, घोंघी तथा स–सानाजंगली माछाहरु खाई दिन्छ ।
- हाँसको मलमुत्र तथा खेर जाने दानाले पोखरीलाई अधिक उत्पादनशील बनाउँदछ ।
- हाँस पानीमा तैरिदा पानीमा अक्सिजन घोल्ने एरेटरको काम गर्नुका साथै पोखरीको सुन्दरतालाई समेतबढाउँछ ।
- हाँस पालन गर्दा विकासे जातका हाँस पाल्नु उचित हुन्छ ।
- नेपालमा पेकिङ्ग (सेतो), हङ्गकङ्ग क्रस (खैरो तथा टाटेपाटे) एवं खाकी क्याम्पवेल (खाकी) जातका विकासे हाँसपाइन्छन्।
- यी जातहरु मासु तथा अण्डा दुबैको लागि उपयुक्त छन्।
- १ कठ्ठा जलाशयका लागि १५–२० गोटा हाँस पाल्नु उपयुक्त हुन्छ ।
- पोखरीको डीलको पूर्ण सदुपयोग गर्न डीलमा फलफुल, तरकारी वा घाँस खेती गर्न सकिन्छ ।
- फलफुल खेती गर्दा झांगीने खालका ठूलो रुख हुने फलफुल लगाउनु हुदैन अन्यथा पोखरीमा प्रकाशकोप्रवेशलाई अवरुद्ध गर्दछ ।
- केरा, मेवा, नरिवल, सुपारी, भुईकटहर जस्ता फलहरु डीलमा लगाउन उपयुक्त हुन्छ ।
- तरकारीमा बढी पात हुने तथा पानी जम्न नहुने खालका तरकारी खेती गर्नु बढी फइदाजनक हुन्छ ।
- बन्दा, काउली, गोलभेंडा, भेण्टा, करेला, भिण्डी, खुर्सानी तथा अन्य सागहरु उपयुक्त हुन्छन ।
- यीनको विक्रीबाट प्राप्त हुने लाभको अलवा कुहिएका फल तथा पात माछाको लागि लाभदायक हुन्छन्।
- लहरे तरकारी खेती डील छेउमा पनि लगाउन सकिन्छ ।
- पानीको गुणस्तर ब्रिनु।
- अक्सिजनको कमी हुनु।
- माछामा रोग तथा परजिविहरु लाग्नु।
दिनभर वादल लागेमा, पोखरीमा बढि संख्यामा माछा स्टक गरेमा रगोबर मल बढि प्रयोग गरीएमा पोखरीमाअक्सिजनको मात्रा कमि हुन्छ ।
- पोखरीमा पानी हाल्ने ठाउँको नजीक माछाहरु जम्मा भएका हुन्छन् तथा केही माछाहरु मरेको देखिन सक्छ ।
- विहान घाम उदाउनु अघि पोखरीका माछा पानीको सतहमा आई प्याक प्याक गरेको देखिन्छ ।
- पोखरीमा बाहिरबाट तत्काल पानी थपि दिने
- पम्पिङ्ग सेट लगाएर पानी तानी फोहोरा बनाई सोही पोखरीमा खसाल्ने।
- पानी नधमिलिने गरी पोखरीमा मानिस पसेर पानी चलाउने वा पौडी खेल्ने।
- एरिएटरको प्रयोग गर्ने ।
- अक्सिमार ट्याबलेटहरुको प्रयोग गर्ने ।
- अपरान्ह घाम लागि सकेपछि जाल हाली बढी माछा निकाल्ने।
- पोखरीमा मलखादको मात्रा धेरै भयो भने पानी धेरै हरियो हुन्छ ।
- पानी धेरै हरियो भएमा अक्सिजनको कमिले माछा मर्ने सम्भावना हुन्छ ।
- सफा पानी थप्ने वा मलखाद राख्न बन्द गरेमा बढि हरियोपना हराएर जान्छ ।
पोखरीमा मलको मात्रा कमि भएमा पानी सङ्लो हुन्छ ।
फागुन र चैत्र महिनामा नयाँ पोखरीमा सफा पानी राखी केही घाँस र झारहरु राखेर वयस्क भाले पोथी माछालाईछोडेमा माछाले अण्डा दिन्छ ।
- राम्रोसँग हिडडुल गर्न नसक्नु।
- पानीको सतहमा आउनु र प्याक प्याक गर्नु।
- जीउ भित्तामा घस्रनु वा उफ्रीरहनु।
- पेट फुल्नु।
- शरीरको विभिन्न भागमा घाउ हुनु।
- प्राविधिकको सल्लाह बमोजिम पोखरी तैयार गर्ने ।
- सिफारिस गरिएको संख्यामा मात्र माछा भुरा राख्ने।
- पानीको गुणस्तर नियन्त्रण गर्ने ।
- उपयुक्त मात्रामा मात्र मलजलको प्रयोग गर्ने ।
- ताजा दाना आवश्यक मात्रामा उचित तरिकाले मात्र प्रयोग गर्ने ।
- पानीको गहिर्राई कायम राख्ने तथा समय समयमा सफा पानी थप्ने।
- इ.यु.एस.,
- सेप्रोलेग्नीया,
- सेतो थोप्ले रोग,
- ट्राइकोडिना,
- माछाको जुम्रा आदि ।
माछामा इ.यु.एस., अल्सर वा जुम्राको प्रकोपले शरिरमा घाउहरु हुन्छ ।
- पोखरीमा अक्सिजनको कमि भएमा ।
- माछा रोगी भएमा ।
- यो ढुसिजन्य रोग हो।
- सुरुमा शरीरमा रातो रातो थोप्ला देखिन्छ ।
- सो ठाँउमा कत्ला र्झन गई खाल्टो भएको घाउ देखिन्छ ।
- ढाड र पुच्छरको नजिक भागमा घाउहरु देखिन्छन्।
- जाडोको समयमा स्थानीय जातका माछामा यो रोग बढी लाग्दछ ।
- विकासे कार्प माछा मध्ये रोहु, नैनी र भाकुरामा मात्र यो रोग लाग्ने गरेको पाइएको छ ।
- घर, पोत्ने चुना १५ के.जी. प्रति कठ्ठाको दरले हाल्ने, रोगको प्रकोप हेरी १ हप्ताको अन्तरालमा बढीमा तिनपटक चून प्रयोग गर्ने ।
- पानीको प्रवेशद्वारमा जाली राख्ने र जंगली माछा सबै हटाउने।
- सामान्यतया कमन, सिल्भर, विगहेड र ग्रासकार्पमा यो रोगको प्रकोप नदेखिएकोले अनुपातमा यी जातकोसंख्या बढी राख्ने।
- माछा मार्ने जाललाई प्रयोग गरिसकेपछि राम्ररी सुकाएर मात्र पुनः प्रयोग गर्ने ।
माछाको शरिरको विभिन्न भागमा कपास जस्तो ढुसी देखा पर्ने ।
- पोखरीलाई चुन वा कपर सल्फेट प्रयोग गरि सक्रमण रहित बनाउने।
- रोग लागेको माछालाई १ पि. पि. एम. को दरमा मालाकाइट ग्रिनको झोलमा १०–१५ मिनेटसम्म राख्ने।
- माछाहरुलाई चलाएपछि २–३ प्रतिशतको नुनको झोलमा २–३ मिनेट डुबाएर मात्र पोखरीमा राख्ने। स्पाउनिङ र इन्कुवेसन टैंकहरु नुनपानीले राम्रोसँग सफा गर्ने ।
- २ प्रतिशतको नुन पानीको झोलमा ५–१० मिनेट डुबाउने ।
- ट्राईक्लोफेन÷डिप्टेरेक्स ०.२५ पि. पि. एम. प्रयोग गर्ने ।
माछाको रोग विरुद्धको खोप नेपालमा उपलब्ध छैन्।
- सफा, चिसो र धेरै अक्सिजन भएको निरन्तर बगिरहने पानीमा हुर्कने स्वादिलो माछा हो।
- यो नेपालमा पालिने सबैभन्दा महंगो माछा हो।
- ट्राउट माछा बाच्न, हुर्कन र परिपक्व हुन सफा, चिसो र प्राणवायू (अक्सिजन) प्रयाप्त भएको पानी हुनु पर्दछ ।
- ट्राउट माछाको राम्रो बृद्धिको लागि १४ देखि २० डिग्रि सेल्सियस तापक्रम चाहिन्छ भने सबै भन्दा उपयुक्तबृद्धिको लागि १६ देखि १८ डिग्रि सेल्सियस तापक्रम चाहिन्छ ।
- राम्रोसँग भुरा पार्न र भुरा निस्कनको लागि ९ देखि १४ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ ।
- यो माछा हुर्कन, पानीको तापक्रम सकभर एकनास भएमा राम्रो हुन्छ ।
- रेन्बो ट्राउट माछा खानको लागि मात्र उत्पादन गर्ने हो भने पानीको तापक्रम १४ डिग्री सेन्टिग्रेड भन्दा माथिर २० डिग्रि सेन्टिग्रेड भन्दा तल भएमा राम्रो उत्पादन गर्न सकिन्छ ।
- एक बर्षमा ४–५ महिना पानीको सरदर तापक्रम १० डिग्री सेन्टिग्रेड भन्दा कम चिसो हुने स्थानमा यो माछाढिलो बढ्छ र व्यावसायिक रुपमा ट्राउट माछा पालन गर्न फाईदाजनक हुदैन।
- रेसवे निर्माण गर्नको लागि छनोट गरेको ठाउँमा पानीको उपलव्धता, गुणस्तर र जमिनको बनौटमा विशेषध्यान पु¥याउनु पर्ने हुन्छ ।
- कान्ला, कान्ला परेको जमिन वा हल्का भिरालो जमीन रेसवे निर्माणको लागि राम्रो मानिन्छ ।
- उपलव्ध पानीको बहाव र जमिनको बनौट अनुसार नापजाँच गरी दुई प्रकारका रेसवे (रेखात्मक र समानान्तर)निर्माण गर्न सकिन्छ ।
- सानो भुरा हुर्काउने रेसवे पोखरीको क्षेत्रफल १०–१५ वर्ग मिटर ।
- बिक्री योग्य माछा राख्ने पोखरीको साईज ५०–१५० बर्ग मिटरको बनाउनु उपयुक्त हुन्छ ।
- पोखरीको गहिर्राई ८०–९० सेन्टिमिटर भए पानीको प्रवाह कायम गर्न र दैनिक व्यवस्थापन गर्न सजिलो हुन्छ ।
- माछाको घनत्व बढ्दै गएपछि अर्को पोखरीमा सार्दै जानु पर्दछ ।
- २०० देखि ३०० ग्रामसम्म साईजका ट्राउट माछा विक्री योग्य मानिन्छ ।
- यसको लागि ५ ग्राम साईजका ७५–१०० गोटा माछा भुरा प्रति वर्ग मिटर स्टक गरेर १० महिनामा १०–१५केजी प्रति बर्ग मिटर उत्पादन लिन सकिन्छ ।
- उत्पादनको लागि ३५ प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ।
- माछाको विकासको क्रममा बिभिन्न अवस्थामा आवश्यक पर्ने पोषक तत्वहरुको मात्रा पनि फरक फरक हुन्छ ।
- भुरा अवस्थामा ५० प्रतिशत प्रोटिन आवश्यक पर्दछ भने हुर्कौला (फिङ्गरलिङ्ग) को लागि ४७ प्रतिशत र ठूलो माछाको लागि ४०–४५ प्रतिशत प्रोटिन आवश्यक पर्दछ ।
- नेपालमा उपलब्ध प्रविधिको प्रयोगबाट प्रति बर्ग मिटर जलाशयबाट १० देखि १५ के.जी. रेन्बोट्राउट माछाउत्पादन भईरहेको छ ।
- दक्ष ट्राउट पालकले प्रति मिनेट १ मे. टन पानी बग्ने पोखरीबाट १५०–२०० मे. टन माछा प्रति हेक्टर उत्पादन गर्न सक्दछन्।
- ठूलो र सानो साइजको माछालाई ग्रेडरद्वारा छुट्याउने प्रकियालाई ग्रेडिङ्ग भनिन्छ ।
- रेन्वो ट्राउट एउटा मांसाहारी माछा भएको हुनाले एक अर्कालाई ठुंग्ने र मुखको साइज मिलेमा खाईदिने समेतगर्ने हुँदा माछा भुराको ग्रेडिङ्ग गर्नु अति आवश्यक हुन्छ ।
- यो माछाले खान नपाएको अवस्थामा आफ्नै साथीहरु खाने हुँदा यो माछालाई भोको अवस्थामा राख्नु हुदैन ।
- ठूलो र सानो भुरा ससाना स्कुप नेट, माछा चाल्नीको प्रयोगले छुट्याउन सकिन्छ ।
- दाना प्राय हातैले दिईन्छ ।
- दाना खाएको नखाएको हेरेर दाना दिनु पर्दछ ।
- दाना दिंदा माछा राखेको ट्यांकीको चारैतिर बराबर छरेर दिनु पर्दछ जस्ले गर्दा सबै माछाले दाना खानपाउँछन् र सबैको एकनासले वृद्धि बिकास हुन्छ ।
- भुरा तथा हुर्काउला माछाको वृद्धि जांच हरेक पन्ध्र दिनमा गर्नु पर्दछ ।
- माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ ।
- माछाको मुखको साईजलाई दृष्टिगत गरी मिल्दो साईजको दाना ख्वाउनु पर्दछ ।
सहर, कत्ले, असला, गर्दी, हाडे, मांगुर, सिघी आदि जातका स्थानीय माछाहरु पालनको लागि सम्भाव्यता छ ।
हुन्छ, माछा बिमा गर्दा बिमा कम्पनिलाई तिनुपर्ने प्रिमियममा ७५ प्रतिशत सरकारबाट सिधैँ कृषकले अनुदानपाउँदछन् ।
जमीनबाट करिब १ मिटर उँचाईमा टाड बनाउनु पर्दछ र टाडबाट मलमुत्र सजिलै जमीनमा खस्न सकोस र खुट्टा पनि नछिरोस् भनि आधा इन्चको फरकमा काठ वा बांस ठोक्नु पर्दछ ।
नेपालका अष्ट्रिच पालकहरुले एक वयस्क अष्ट्रिचको छाला रु. ३०,०००।०० सम्ममा बिक्री गरेको पाईन्छ ।
