पशुपन्छी पालन - बाख्रा

नेपालमा पालिने स्थानीय बाख्राको प्रमुख जातहरु के के हुन् ?

नेपालको स्थानिय बाख्रामा – पाहाडी क्षेत्रमा खरी बाख्रा, हिमाली क्षेत्रमा च्याङग्रा, सिन्हाल प्रमुख हुन्। तराइको क्षेत्रमा तराई बाख्रा प्रचलित छ ।

नेपाल सरकारबाट सिफारिश भएका बाख्राका विकासे जात के के हुन् ?

नेपाल सरकारबाट सिफारिश भएका बाख्रामा जमुनापारी, बारबेरी, विटल, सानान, प्रमुख पर्दछन्।

अहिले नयाँ जातको अफ्रिकी बाख्रा राम्रो छ भनिन्छ नि ?

हो, दक्षिण अफ्रिकाको वोएर (द्ययभच) जातको बाख्राको माग राम्रो छ । छिटो शारिरीक वृद्धि हुने र बढ्ने भएकोले किसानले मन पराएको हो। तर सरकारी स्रोतबाट अझै सिफारिश भैसकेको छैन, अनुसन्धानको क्रममा छ ।

बाख्राको माउ छनौट कसरी गर्ने ?
  • जुम्ल्याहा वा सो भन्दा वढी पाठा÷पाठी ब्याउने।
  • पाठा÷पाठीलाई दुध पु¥याई हुर्काउने।
  • देख्नमा स्वस्थ्य र ठुलो कल्चौडा भएको।
  • दुई वेतको अन्तराल कम हुने माउ छनौट गर्नु पर्छ ।
ब्याएको बाख्राको पाठा÷पाठीलाई दुध कम भएमा के गर्ने ?

पाठा÷पाठी हुर्काउनलाई माउको दुध नपुग्दा वा माउ मरेमा गाई÷भैंसीको दुध दैनिक बिहान, दिउँसो, वेलुका पाठा÷पाठीको शारिरीक तौल अनुसार ५०–१०० मि.लि. पिलाउने।

बाख्रा बाली नजाने समस्या पर्दा के गर्नु पर्ला ?
  • बाख्राको स्वास्थ्य राम्रो छ र पाठो हुर्किएको छ तर बोका नखोजेमा नजिकको भेटेनरी प्राविधिकसँग सल्लाह लिई उपचार गराउने।
  • नुन र पोसिलो दाना वढाउने।
  • प्राजना १ ट्यावलेट खान दिने।
बाख्राले राम्रोसँग मन लगाएर नचर्ने÷नखाने हुदा के गर्नु पर्ला ?
  • गोवर परिक्षण गराई जुका परेको छ, छैन हेरी प्राविधिकको सल्लाहमा औषधि दिने।
  •  खाना रुची वढाउने औषधिहरु जस्तै – हिमालयन वतिसा, रुचामेम्स १५–३० ग्राम दैनिक एक हप्तासम्म दिने।
  •  रुमेन्टोन÷एनोरेकसोन ट्याव एक चौथाई दुई पल्ट दिने।
बाख्राले छेर्ने र सिंगान बगाउने लक्षण देखाएमा के गर्नु पर्ला ?
  • नेबलोन पाउडर १०–२० ग्राम दिनमा दुई पल्ट खान दिने।
  •  एण्टीवायोटिक टेवलेट २००–४०० मि.ग्रा.सात दिन सम्म खान दिने।
  •  प्राविधिकको सल्लाह लिने।
बाख्राहरुले खोक्ने सिंगान बगाउने गर्दा के गर्नु पर्ला ?
  • कफगो पाउडर १० ग्राम दिनमा दुई पल्ट खान दिने।
  •  एण्टीवायोटिक टेवलेट २५० मि.ग्रा दैनिक खान दिने।
  •  प्राविधिकको सल्लाह लिने।
बाख्राले छेर्ने, नखाने र दुव्लाउदै जाने हुदाँ के गर्नु पर्ला ?
  • नाम्ले रोग लागेर यस्तो भएको हुन सक्छ, प्राविधिकको सल्लाह लिने।
  • जेनिलज्यान (इहथअयिशबलष्मभ) (१०–३० मि.लि. तौल अनुसार दिने।
  • फ्यासिनेम्स २५० मि.ग्राम ट्याव (२ दिनसम्म दिने।
बाख्राको मुख वरिपरी घांउ देखिने पिप्रा बगेर कान, जिब्रो तर्फ पनि बढेकोमा के गर्नु पर्ला ?

मुख वरिपरि घांउ आउने रोगलाई मुआलो (इच्ँ) भनिन्छ । यो विषाणुवाट लाग्ने रोग हो, घाउलाई एण्टीसेप्टिक औषधिले सफा गरेर एण्टिवायोटिक ट्यावलेट वा सुई ७ दिनसम्म लगाउनु पर्छ ।

बाख्राहरु अचानक धेरै मर्ने, उच्च ज्वरो आउने, छेर्ने, मुख र जिव्रोमा घाउ देखिने खोक्ने लक्षण देखिए कस्तो रोग हो त्यो ?
  • पी.पी.आर.(एएच्) रोगको लक्षण हो,
  • तीन महिना पुगेको पाठा÷पाठी र माउहरुमा एएच् खोप लगाउनु पर्छ ।
  • एण्टिबायोटिक सुई÷ट्यावबाट उपचार गराउनु पर्छ ।
पी.पी.आर. को खोप कहाँबाट पाउन सकिन्छ ?

जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा गाउँपालिका, नगरपालिका स्थित पशु सेवा सम्पर्क कार्यालयहरुबाट पी.पी.आर. खोप निःशुल्क उपलब्ध हुन्छ ।

बाख्रामा लाग्ने किर्ना, जुम्रा, लुतो जस्ता वाह्य परजीवीहरु नियन्त्रण कसरी गर्ने ?

गोठ÷गोठका धेरै बाख्राहरुलाई एकैपटक उपचार गर्न ०.५ प्रतिशत मालाथियन वा साएथियन झोल दबाई बनाएर सबै बाख्रालाई पालैपालो डिपिङ टेङ्कमा डुबाउने । एक दुई बाख्रामा हो भने सफा गरेर टेटमासोल सावुनले धुने र गोल्डेन सोलुसन लगाउने।

आन्तरिक परजीवी (गोलो जुका, फित्ते जुका, नाम्ले) गोठमा फैलिए उपचार कसरी गर्ने ?

डिस्टोडिन १–२ चक्की वा मवेण्डाजोल वोलस आधा चम्ची वा पानकुर २५–७५ मि.ग्रा. शारीरिक तौल अनुसार खुवाउने। प्राविधिकको सल्लाहमा औषधी दिने।

बाख्रा फार्म शुरु गर्न के के कुरामा ध्यान दिनु पर्छ ?

स्थानीय क्षेत्रमा चरन, वनको घाँसको उपलव्धता । बाख्राको श्रोत एवं वजारको अवस्थामा ध्यान दिनु पर्छ ।

कति संख्याको माउ बाख्रा भएको बथानमा बोकाको कति हुनु पर्छ ?

बीस माउ बाख्राको बथानमा एक राम्रो गुणस्तरको बोका आवश्यक हुन्छ ।

कस्तो उमेरको बाख्रा किनेर गोठ शुरु गर्नु राम्रो हुन्छ ?

६ महिना देखी १ वर्ष उमेर भएको स्वस्थ पाठी वा पहिलो वेते माउ बाख्रा छान्नु राम्रो हुन्छ ।

कति बाख्रा पालेर व्यावसायिक बाख्रा पालन शुरु गर्नु राम्रो हुन्छ ?

कम्तीमा २० माउ बाख्रा र १ बोकाबाट व्यावसायिक फार्म शुरु गर्न सकिन्छ तर चरनर घाँसको उपलब्धतामा ध्यान दिनु पर्दछ ।

कुन जातको बाख्रा पाल्नु राम्रो हुन्छ ?

स्थानीय खरी बाख्रा (जुम्ल्याहा पाठा र पाठी दिने माउ राम्रो हुन्छ । वोएर र जमुनापारी, वारवेरी जातको क्रस बाख्रा पनि राम्रो छ । स्थान अनुसार बाख्रा छनोट प्राविधिकको सल्लाहमा गर्नु पर्छ ।

बाख्राको खोर कस्तो हुनु पर्छ ?

जमिन भन्दा ३–५ फिट माथि उठाई बाख्रा बस्ने मिल्ने खोर बनाउनु पर्छ । स्थानीय काठ, वांस वा अन्य निर्माण सामाग्री प्रयोग गरी गोठ बनाउन सकिन्छ ।

 

चरन डाले घाँसको व्यवस्था कस्तो चाहिन्छ ?
  • चरन, नजिक र पोषिलो घाँस भएको क्षेत्र राम्रो हुन्छ ।
  • चरण क्षेत्रबाट विषादी घाँसको प्रजाति हटाउनु पर्छ ।
  • डाले घाँसको राम्रो व्यवस्था मिलाउनु पर्छ ।
बाख्राले मन पराउने डाले घाँसहरु के के हुन् ?
  • इपिल इपिल, कुटमेरो, दवदवै, खनिउ, टांकी, किम्वु आदि हुन्।
  • स्थानीय ठाउँमा पाईने राम्रा डालेघाँस छनोट गर्नु पर्छ ।
कस्तो बोका व्याडको लागी छान्नु पर्छ ?

स्वस्थ्य, सल्लक परेको, राम्रो सँग छिटो छिटो वढने, दुई दुई पाठापाठी दिने माउको पाठो ब्याडको लागि छनौट गर्नु राम्रो हुनेछ । हलक्क बढ्ने बोकालाई खरी बनाउने होइन, ब्याडको लागि राख्नु पर्छ ।

के बाख्रा दुध उत्पादनको हिसावले पनि महत्वपूर्ण हुन्छ ?
  • बाख्राको दुध गाईको जस्तै स्वस्थ र राम्रो हुन्छ ।
  • दुधको लागि पनि बाख्रा पालिन्छ ।
  • बाख्राको चिज उच्च मूल्यमा बिक्री हुन्छ ।
बोकालाई खसी बनाउन कुन उमेर राम्रो हुन्छ ?

३ महिना वा सो भन्दा माथिको बोकालाई खसी बनाउनु ठीक हुन्छ ।

व्यवसायिक बाख्रा पालनको लागि राम्रो जातको माउ बाख्रा÷बोका कहाँ पाइन्छ ?

स्थानीय स्तरमा पाइने माउ बाख्रा छनौट गर्नु सवभन्दा राम्रो हो । जमुनापारी÷वारवेरी र क्रस बाख्रा सरकारी बाख्रा फार्मबाट पनि पाउन सकिन्छ । निजी बाख्रा विकास फार्महरु पनि राम्रो श्रोतकेन्द्र हुन सक्छ ।

बाख्राको लागि घाँस खेति पनि गर्नु पर्छ ?

व्यावसायिक रुपमा बाख्रा पालन गर्दा घाँस खेति आवश्यक हुन्छ । स्टाइलो, वसिम, भटमासे, जौ, वोडी घाँस लगाउनु पर्छ । डाले घाँसको पनि व्यवस्था गर्नु पर्छ ।

बाख्राको लागि (दाना) आहारको कस्तो वन्दोवस्त हुनु पर्छ ?

व्याउने माउ र व्याई सकेको माउलाई २००–५०० ग्राम सन्तुलित दाना दिनु पर्छ ।

बाख्राको प्रजनन् सिजन के हो ?

बाख्राको खासै प्रजनन् सिजन हँुदैन । पोषण तत्वहरुले भने प्रजनन्मा असर पार्दछ । राम्रोसँग हरियो घाँस र दाना पाउने बाख्रा २ वर्षमा ३ पल्ट व्याउने हुन्छ ।

के बाख्रामा कृत्रिम गर्भाधान हुन्छ ?

अनुसन्धान कार्यक्रम तथा केही प्रोजेक्टहरुले बाख्रामा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउदै आएको छ तर गाई÷भैंसीमा जस्तो व्यापक र सफल छैन ।

बाख्रालाई बहुलाएको कुकुरले टोक्यो के सुई लगाउनु पर्छ ?

शंकास्पद कुकुरले टोकेमा ब्लतष्चबदष्भक खोप प्राविधिकको सल्लाहमा ३–५ पल्ट लगाउनु पर्छ ।

बाख्राको खुर कुहिने रोग भनेको के हो ?

भेडा बाख्रामा जीवाणु बाट लाग्ने खुर कुहिने रोग नेपालबाट उन्मुलन भइ सकेको छ ।

बाख्रामा लाग्ने ६ मासे रोग के हो ?

बाख्राको पेटमा हुने जीवाणु (द्यबअतभचष्ब) को विष (त्यहष्ल) बाट खासगरी १ वर्ष मुनिका पाठा र पाठीमा लाग्ने रोग हो। नियमित खोप लगाएर यो रोगबाट पाठा र पाठीलाई बनाउनु पर्छ ।

बाख्रा पालनमा अभिलेख कस्तो महत्व छ ?

बाख्रा पालनमा रेकर्डको ठुलो महत्व हुन्छ । पाठा र पाठी उत्पादन, खसी बोका, दाना औषधि सवैको अभिलेख राख्नु पर्छ ।

बाख्रा, बोका तथा बाख्रा खोर÷गोठको वीमा हुन्छ ?

बोका बाख्रा तथा गोठको पनि निर्जिवन वीमा कम्पनीहरुले वीमा गर्दछ, एनएलजी, शिखर, प्राइम, सगरमाथा जस्ता १७ निर्जिवन कम्पनीबाट यो सुविधा लिन पाइन्छ ।

वीमाको प्रिमियममा सरकारी सहुलियत के छ ?

कृषि विमा गर्दा (बाख्रा, गाई) वीमा कम्पनीलाई तिर्नु पर्ने प्रिमियममा ७५ प्रतिशत सरकारबाट सिधै कृषकले अनुदान पाउँदछन् ।

व्यावसायिक बाख्रा पालन गर्दा सरकारबाट कुनै सहुलियत पाइन्छ ?

व्यावसायिक रुपमा बाख्रा पालन गर्ने कृषक, युवा, समूह, सहकारीका बाख्रापालकलाई गोठ सुधार, बाख्रा खरिद तालीम आदि कार्यमा सहयोग गर्दछ । जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्राप्त हुने सहयोग बारे जानकारी लिनु पर्दछ ।

सरकारी सहयोग पाउन बाख्रा पालन व्यावसाय दर्ता गर्नु पर्छ ?

जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सहकारी कार्यालय वा मान्यताप्राप्त अन्य निकायबाट व्यावसायिक बाख्रापालन दर्ता गरेको हुनु पर्छ ।

बाख्रामा लाग्ने प्रमुख सरुवा रोगहरु के हुन् ?

बाख्रामा लाग्ने मुख्य सरुवा रोगमा पि.पि.आर. हो। तर खोरेत, लुतो, माउलो आदिले पनि दुःख दिन्छ ।

सामान्यतया बाख्रामा लाग्ने बाह्य परजीवीहरु के के हुन् ?

बाख्रामा जुम्रा, उपिया, किर्नी, लुतो जस्ता बाह्य परजीवीले दुःख दिन्छ । कमजोर बाख्रा – पाठा र फोहोर गोठहरुमा यस्ले बढी प्रभाव पार्छ ।

साधारणतया बाख्रामा लाग्ने आन्तरिक परजीवीहरु के हुन् ?

प्रमुख परजीवीहरु हुन्ः

  • नाम्ले जुका 
  • फित्तेजुका
  • गोलो जुका 
  • फोक्सोमा पाईने जुका
  • कक्सिडियोसिस (रातो छेर्ने रोग)
आन्तरिक परजीवीलाई रोकथाम गर्न कस्तो उपाय अपनाउनु पर्छ ?

वर्षमा दुई पल्ट आन्तरिक परजीवीको उपचारका लागि दिइने (एन्टलमेन्थिक) औषधी बथानमा रहेका सबै माउ बाख्रा, पाठाहरुलाई नियमित रुपले दिनु पर्छ ।

बाख्राले कुनै विषादी खाएर विरामी भएमा कसरी तुरुन्त उपचार गर्ने ?

प्राविधिकसँग सकेसम्म छिटो सल्लाह लिएर उपचार गराउने। म्याग्नेसियम सल्फेट १०—३० ग्राम अवस्था अनुसार पानीमा घोलेर पिलाउने।

अचानक बाख्राको पेट फुल्ने र छटपटाउने गरेमा कस्तो उपचार गर्नु पर्छ ?
  • सबै भन्दा नजिकको प्राविधिकसँग सहयोग लिने,
  • २०–३० ग्राम टिम्पोल खान दिने,
  • आलसको तेल ५० मि.लि.र तारपिनको तेल १५ मि.लि. मिसाएर पिलाउने,
  • एभिल सुई २.५ मि.लि.सुई लगाउने।
बाख्रापालन व्यवस्थामा अभिलेख राख्नु के आवश्यक हुन्छ ?

व्यवसायमा लागेको लगानी र त्यसबाट निस्केको आम्दानीको हर हिसाबको अभिलेख राख्नु सफल व्यवसायीको प्रमुख जिम्मेवारी हो।

कस्ता कस्ता विवरणको अभिलेख राख्नु आवश्यक हुन्छ ?

बाख्राको प्रजनन्, बाख्राको आहार, बाख्राको स्वास्थ्य सम्बन्धि उपचार एवं खोपको तालिका आय–व्यय खर्चको अभिलेख अनिवार्य राख्नु पर्छ ।

बाख्राको दुधबाट चिज बनाउन सकिन्छ भन्छन् के नेपालमा यस्तो प्रचलन छ ?

बाख्राको दुधबाट बनेको चिज धेरै गुणस्तरीय मानिन्छ । चित्लाङ्ग बाख्रा फार्म र स्थानीय एक व्यवसायीले बाख्राको चिज उत्पादन गर्दै आएका छन्।

चित्लाङ्गको त्यस्तो व्यवसायीको नाम के हो ?

चित्लाङ्ग गा.वि.स.का श्री अशोक सिं ठकुरीले विदेशबाट यो सिप सिकेर नेपालमा बाख्राको चिज व्यवसायिक रुपमा उत्पादन गर्दै आएका छन् । बाख्राको चिज महंगोमा बिक्छ र प्रति के.जी. रु.२,०००–३,००० मा बिक्री गरिदै आएको छ ।

कति बाख्रा चाहिन्छ चिज उत्पादन गर्न ?

साना जातका बाख्राले अन्य जातमा बाख्राले भन्दा बढी दुध दिन्छ । सानान बाख्रा साथै अन्य बाख्राको दुध आफ्नै फर्म वा गाउँका अन्य मानिसको बाख्राबाट संकलन गरेर चिज उत्पादन गर्न सकिन्छ । दैनिक ५० लि. भन्दा बढी दुध संकलन गर्न सके चिज उत्पादनमा सजिलो हुन्छ ।