फलफुल खेती - मेवा
मेवा उष्ण प्रदेशीय फल हो । यसलाई गरम र बढी सापेक्षिक आर्द्रता भएको हावापानी उपयुक्त हुन्छ । मेवामा अनुकूलन गर्ने क्षमता कम हुन्छ ।
मेवा खेतीको लागि २२ देखि २६ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ । १० डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा चिसोले प्रतिकूल असर पर्ने हुँदा बोटको कुनै–कुनै भागमा काला दाग बस्दछन् ।
मेवाको लागि वार्षिक सालाखाला १०० देखि २०० से.मि.पानी पर्ने ठाउँ उचित हुन्छ ।कूल वर्षा भन्दा पनि यसको वितरण कस्तो छ त्यसले मेवाको उत्पादनमा सकारात्मक वा नकारात्मक असर देखाउँदछ ।
मेवा वर्षभरीनै फलिरहने हुँदा यसको लागि तुलनात्मक रुपले मलिलो माटोको आवश्कता पर्दछ । पानी नजम्ने खुकुलो तथा दोमट माटोमा मेवा राम्रो फष्टाउँछ । पानी जम्ने खालको जमीनमा मेवामा फेद कुहिने रोग लाग्दछ ।
मेवा खेतीको लागि माटोको पि.एच. मान ६.० देखि ६.५ उपयुक्त हुन्छ । मेवाका जराहरुसतहमा फैलिने हुँदा सतहको माटो गुणस्तरको हुनु पर्दछ ।
मेवाकाबोटहरु धेरै लामो अवधिसम्म नरहने भएता पनि व्यवस्थित तरिकाले बिरुवा लगाउँदा गोडमेल, मलजल, बाली संरक्षण गर्न र फल टिप्न सुविधा हुन्छ । अतः वर्गाकार वा आयताकार तरिकाले बिरुवा लगाउन सकिन्छ ।
मेवाका बिरुवा १.८ मि.ह्१.८ मि. देखि लिएर २.५ मि.ह्२.५ मि. सम्मको दुरीमा लगाइन्छ ।
मेवा लगाउने जग्गालाई राम्रोसँग तयार गरी आवश्यक दुरी तय गरी ५० घन से.मि. को खाड्ल खनी सतहको माटो ३ भाग र राम्ररी पाकेको गोबर मल÷कम्पोष्ट मल १ भाग मिसाई खाड्ल पुरी बिरुवा लगाउनु पर्दछ ।
मेवालाई बिरुवाको वृद्धिको अनुसार बढी पानीको आवश्यकता पर्दछ । फलको विकास भइरहेको बेलामा पानीको अभाव हुनु हुँदैन । गरम हावापानीमा ७–१० दिन बिराएर पानी दिईरहनु पर्दछ ।
मेवाको बोटको विकास अन्य फलफूलको तुलनामा छिटो हुने गर्दछ । एउटा बिरुवाको लागि वार्षिक ५० के.जी. कम्पोष्ट मल, २५० ग्राम नाईट्रोजन, १०० ग्राम फोस्फोरस र २५ ग्राम पोटास दिनु पर्दछ ।
मेवाको बोटमा मलखाद श्रावण–भाद्र र माघ–फाल्गुण गरी २ पटक दिनु पर्दछ । मलखाद र सूक्ष्म तत्वहरुको कमी भएमा बिरुवाले विभिन्न रोगका लक्षणहरु देखाउँदछ र उत्पादनमा पनि ह्रास आउँछ ।
गर्मी हावापानी भएको ठाउँहरुमा बिरुवा सारेको ४५–५० दिनमा फूलका कोपिलाहरु देखा पर्दछन् । पोथी फूलका कोपिला अठार देखि बीसौं पातपछि देखिन्छन् भने भाले फूलहरु चौबिसौं पातपछि मात्र देखा पर्दछन् ।
मेवाका बिरुवामा पोथी फूल एक(एक गरेर निस्कन्छन् भने भाले फूलहरु एउटै गुच्छामा धेरै संख्यामा हुने गर्दछन् ।
मेवाका थुप्रै जातहरु पाईन्छन् तर ती सबै जातहरुको परीक्षण र मूल्याङ्कन भने गरिएको छैन । नेपालमा बढी खेती गरिएका जातहरुमा वाशिङ्गटन, हनिड्यू, कोयम्बटुर जायन्ट, पुसा ड्वार्फ, सेलेक्शन–७ आदि छन् ।
यसका बोटहरु मझौला र फलहरु लाम्चिला आकारका हुन्छन् । फलको गोलाई करीब ४० से.मी. र लम्बाई २० से.मी. को हुन्छ । सरदर एक के.जी. तौल हुने यसको स्वाद गुलियो र स्वादिष्ट हुन्छ ।
यसको बिरुवाले करीब एक मिटरको उचाईमा फल दिने गर्दछ । यसका बोटहरु बलिया, कडा र हावाहुरी सहन सक्ने खालका हुन्छन् । यसका फलहरु २०–२५ के.जी. सम्मका आकर्षक हुन्छन् ।
यो जातको बोट ज्यादै होचो २५–३० से.मी. को उचाईमा फल फल्न शुरु गर्दछ । फल अण्डाकार र सरदर तौल १–२ के.जी. सम्मको हुन्छ । यसका बिरुवाहरु बढी घनत्वमा लगाउन सकिन्छ ।
नेपालमा हालसम्म यसका बिरुवा बीजु तरिकाले नै उत्पादन गर्ने गरिएको छ जबकि विकसित मुलुकहरुमा यसको बेर्ना तन्तु प्रजनन् विधिबाट पनि उत्पादन गरिरहेका छन् ।
नर्सरी गर्ने जमीनलाई राम्ररी खनजोत गरी बुरबुराउँदो बनाएपछि करीब १–१.५ मिटर चौडाई भएको, जमीनको सतहबाट १५–२० से.मी.उठेको, पानी नजम्ने ब्याड बनाएर १५ से.मी.को दुरीमा धर्को कोरी २.५ से.मी.को फरकमा बीउहरु रोप्नु पर्दछ । बढी गहिरो भएमा बीउ उम्रन गाह्रो हुने हुँदा करीब १ से.मी. गहिराईमा बीउ रोपी हल्का माटोले पुरी माथिबाट खर वा परालले छोपी दिनु पर्दछ ।
साधारणतया मेवा बाली लगाई सकेपछि ३–४ वर्ष सम्म रहन्छ । यस अवधिमा लामो अवधिका बाली भन्दा एक सिजनमा तयार हुने काउली, बन्दा, मूला, केराउ, गोलभेंडा जस्ता चाँडै तयार हुने बालीहरु लगाउनु पर्दछ । मेवा फल्न शुरु गरेपछि अन्तरबाली लगाउन उचित हुँदैन किनकि मेवाको बिरुवा नै बढी घनत्वमा लगाएका हुन्छन् ।
यसको फल बोटमै पाक्दा चराहरुले नोक्सान गर्ने हुँदा फल पाक्नु अगाडी नै टिप्नु पर्दछ । स्थानिय बजारका लागि टिप्दा फलमा केही पहेंलो रङ्ग चढेपछि तथा भण्डारण गरेर राख्नका लागि भने फलले पूर्ण आकार लिईसकेपछि कम चोप आउने अवस्थामा टिप्नु पर्दछ ।
फलहरु टिप्दा हातले समाती बटारेर टिप्नु पर्दछ । काठको वा बाँसको घोचाले झार्दा घाउ चोट लागि फल कुहिन्छ ।
मेवाको उत्पादन त्यसको जात, उमेर, बगैंचा व्यवस्थापन आदिमा निर्भर गर्दछ । उन्नत जातबाट ५०–१५० वटासम्म फल प्रति बोट प्रति वर्ष उत्पादन हुन्छ । उत्पादन शुरु भएको पहिलो र दोश्रो वर्षमा बढी उत्पादन हुन्छ त्यसपछि क्रमशः उत्पादन घट्दै जान्छ ।
मेवा बोटमा नै पाक्ने स्वभावको फल हो । फल पाक्न शुरु गरेपछि पाक्ने क्रिया विभिन्न रासायनिक परिवर्तन अनुरुप चल्ने र नरोकिने हुँदा यसलाई साधारण प्रक्रियाबाट लामो अवधिसम्म भण्डारण गरेर राख्न सकिन्न ।
मेवालाई भण्डारण गरेर राख्न वा टाढाको बजारमा बिक्री गर्न पठाउनु छ भने फललाई पाक्न शुरु नहुँदै टिप्नु पर्दछ । यस्ता फलहरुलाई ८ डिग्री सेल्सियस तापक्रम र ९५५ भन्दा माथि सापेक्षिक आर्द्रता भएको कोठामा भण्डारण गर्ने वा यस्तो सुविधायुक्त भ्यानमा ढुवानी गरेर पठाउनु पर्दछ ।
मेवाको फललाई काठको बाकस, बाँसको टोकरीवा कार्टुनमा प्याक गर्नु पर्दछ । एक ठाउँबाट अर्को ठाउँमा लै जाँदा फलहरु रगडिएर बिग्रने हुनाले फललाई रगडिनबाट बचाउन कुसनको व्यवस्था गर्नुका साथै प्याकिङ्गको माथिपट्टी दुबै साईडमा श्वास प्रश्वास क्रियाको लागि साना–साना प्वाल बनाउनु पर्दछ ।
भण्डारण गरिएका फलहरुलाई एकरुपता साथ राम्ररी पकाउनका लागि २०० देखि २००० पि.पि.एम. इथेफनको प्रयोग गर्नु पर्दछ ।
यो मेवाको फलबाट निस्कने चोप संकलन गरी राखिएको पदार्थ हो । यसको उत्पादन हेतु पूरा आकार लिई सकेका (९०–१०० दिन उमेरका) फललाई छानिन्छ र बिहान १० बज्नु भन्दा पहिले फललाई चक्कुको तिखो टुप्पाले चारै तिर ०.३ से.मी. गहिरो चिरिन्छ र चोपलाई सिल्भरको भाडोमा जम्मा गरिन्छ ।
साधारणतया सबै मेवाको जातबाट पेपिन उत्पादन गर्न सकिन्छ तर हालसम्म सेलेक्शन–७ र कोयम्बटुर–१ जात पेपिन उत्पादनका लागि राम्रो मानिन्छ ।
मेवामा रोग तथा कीरा दुबैले आक्रमण गर्दछन् तर कीरा भन्दा रोगले बढी नोक्सानी गरेको पाईन्छ किनकि मेवा बेलैमा टिप्यो भने कीरा तथा अन्य शत्रु काग, चमेरो, सुगा, जुरेली आदिबाट सजिलै बचाउन सकिन्छ ।
मेवामा लाग्ने रोगहरुमा फेद कुहिने, जरा कुहिने, एन्थ्राक्नोज, मोज्याक, पात बटारिने रोग मुख्य हुन् । यिनीहरु मध्ये पनि जरा कुहिने र एन्थ्राक्नोज रोग बढी हानिकारक हुन्छन् ।
यो रोग ढुसीको आक्रमणबाट हुने हो । रोग लागेपछि जरा कुहिन शुरु गर्दछन् र आक्रमण बढ्दै गएपछि बोट ओइलाएर मर्दछन् । यो रोग बीउ र माटो दुबैबाट फैलिने हुँदा तिनीहरुको बेलैमा उपचार गर्नु पर्दछ । बीउ रोप्नु अगाडी बीउलाई सेरेसन वा क्याप्टानले उपचार गर्नु पर्दछ भने माटोलाई फर्मल्डिहाईड वा कुनै तामायुक्त ढुसीनाशक विषादिले उपचार गर्नु पर्दछ ।
यस रोगको ढुसीले गर्दा फल र पातहरुमा काला धब्बाहरु देखा पर्दछन् । साना फल हुँदै आक्रमण भएमा फलहरु झर्दछन् । फल पाक्ने समयमा आक्रमण भएमा फलको बाहिरपट्टि कालो दाग देखा पर्दछ । बोर्डोमिक्स्चर १५ बेला बेलामा छर्दा यस रोगको रोकथाम गर्न सकिन्छ ।